काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भीरताका साथ लागि परेको बताएका छन् ।
शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कसम खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताए ।
प्रचण्डले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरूको खोजी गम्भीरतापूर्वक गरिरहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आफुहरु अहिले भएको गठबन्धन बचाउन लागिरहेको बताउँदै भने, ‘हामीले कहीँ न कहीँ यो गठबन्धन बचाऔँ । एमसीसीको पनि समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस् भन्ने कुनै त्यस्तो उपाय छ त रु भनेर छलफल भइराख्या छ । संविधानको रक्षा, गणतन्त्रको रक्षा र संघीयताको रक्षा अथवा हाम्रा अधिकारहरूको रक्षाको बारेमा कहिँ कतै दुर्घटना हुन नपाओस् भन्नको निम्ति असाध्यै गम्भीरताका साथ हामी लागिराख्या छौं ।’
एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरु देखिनै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दावी गरे । अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समूदायको अधिकार खोस्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै फेरि एउटा जनयुद्ध लड्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
