काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो । त्यसपछि दुबै दलका अरु नेताहरुसहित छलफल भएको नेताहरुले बताएका छन् ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै प्रचण्डसँगै भेट गरेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
