काठमाडौं – टी२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा नेपालसामु यूएईले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको हो ।
यूएईका लागि मोहम वसिमले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७० रन बनाए । त्यस्तै, भ्रित्य अरभिन्दले पनि ४६ रनको योगदान दिए भने मोहमद उसमानले १७ रन बनाए । नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानले १ विकेट लिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
