काठमाडौं – नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ भारतीय सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् ।
नेपालको थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट बंगालमा अनुबन्ध भएका हुन् ।
आईएसएलमा जानका लागि थ्री स्टार क्लबले उनलाई फुकुवा समेत गरिदिएको छ । अनन्त फ्री ट्रान्सफरमा इस्ट बंगालमा अनुबन्ध भएका हुन् ।
जारी सिजनको ४ खेल मात्र बाँकी रहँदा इस्ट बंगाल १६ खेलबाट १० अंकका साथ १० औं स्थानमा छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
