Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कट्टर हिन्दुवादी नेता कमल थापाले गिता छोएर खाएको त्यो कसम …!


  • मंगलबार, माघ २५ २०७८

  • कट्टर हिन्दुवादी नेता कमल थापाले गिता छोएर खाएको त्यो कसम …!

    काठमाडौं – राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनसंग पराजित कमल थापाले गिता छोएर खाएको कसम तोडेका छन । पटक-पटक विभाजनको पीडा भोग्दै आएको राप्रपाको पछिल्लो एकता सभामा आफ्नै पकेटबाट गिता निकालेर थापाले अव पार्टी विभाजन नगर्ने कसम खाएका थिए ।
    तर उनले आज राप्रपा परित्याग गरेका छन । उनले पार्टी मात्रै परित्याग गरेका होइनन्, नयाँ दल खोल्ने तयारी समेत गरे पछि कट्टर हिन्दुवादी नेताले गिता छोएर खाएको कसम समेत तोडेका छन ।
    पञ्चायत व्यवस्थाको अन्त्य पछि जन्मिदै दुइवटा राप्रपा बनेर जन्मिएको पार्टी कहिले फुट्ने र कहिले जुट्ने श्रृखला जारी छ । दोस्रो संविधान सभा निर्वाचनमा सोचे भन्दा ठूलो पार्टी बने पछि पूर्व पञ्चहरु एउटै पार्टीमा संगठित भएका थिए ।
    महाधिवेशनमा पराजित भए पछि थापा असन्तुष्ट रहदै आएका छन । उनले आफ्नो पराजयको दोष पूर्वराजा ज्ञानेन्द्रलाई दिदै आएका छन । आज उनले राप्रपावाट अलग भएको घोषणा गरेका छन ।
    अव उनी अर्को दल गठनको तयारीमा लागेका छन ।
    तस्वीर : हिमाल खवर डट कम वाट साभार

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij