काठमाडौं- एमसीसी संसदबाट पारित गर्न प्रधानमन्त्री ले बोलाएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल संग प्रधानमन्त्री देउवाले आज अपरान्ह छलफल गरेका थिए । छलफल मा देउवाले एमसीसी संसदवाट पारित गर्न आग्रह गरेका थिए ।
एमाले अध्यक्ष ओलीले संसद सुचारु गर्न सभामुखले निर्णय सच्चाउनु पर्ने माग गरेका थिए । एमालेले कारवाही गरेका सांसदलाई सांसद पदवाट हटाएर निर्णय सच्चाए मात्रै संसद खुल्ने वातावरण बन्ने ओलीको भनाई थियो । ओलीले स्थानिय निर्वाचनको मिति घोषणा गर्न समेत आग्रह गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले एमसीसी चुनव पछि पारित गर्न सकिने प्रस्ताव गरेका थिए ।
देउवा ओली र प्रचण्ड विचको छलफल : निस्किएन निका
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
