Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


  • आइतबार, माघ १६ २०७८

  • राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं – राष्ट्रियसभाको माघ १७ गतेका आह्वान गरिएको बैठक स्थगित गरिएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले विशेष कारणवश निर्धारित मितिमा बैठक बस्न नसक्ने भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

    आइतबार जारी सूचनामा भनिएको छ – “मिति २०७८ साल माघ १७ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij