Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एपीएफलाई आहा रारा गोल्डकपको उपाधि


  • आइतबार, माघ १६ २०७८

  • एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

    पोखरा – सशस्त्र प्रहरी बलको एपीएफले ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । शनिबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त ३० मिनेट २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो ।

    मनाङका फ्रयांङक्लिन टेला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्दा पाँचौ नम्बरमा प्रहारका लागि आएका अफिज ओलावालेले बललाई जाली चुमाउन सकेनन् । एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ्ग, मणि लामा, आरमन्ड विडङले पेनाल्टीमा कुनै गल्ती गरेनन् यसअघि युवराज खड्काले २०औँ मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर, ६७ औँ मिनेटमा दयानन्द सिंहले गरेको गोलबाट मनाङ खेलमा फर्किएको थियो । ८३ औँ मिनेटमा फ्रयांक्लिन टेलाले गोल गरेपछि मनाङले २-१ को अग्रता बनाएको थियो । यद्यपि, इन्जुरी समयमा रवि थिङ्गले गोल गर्दै एपीएफलाई बराबरीमा फर्काएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij