काठमाडौं – सत्तारुढ गठवन्धन दलको बैठकले जेठ मसान्त भित्र स्थानिय तहको निर्वाचन गर्न सुझाव दिएको छ । शनिवार साँझ बसेको गठवन्धनको बैठकले जेठ मसान्त भित्र स्थानिय तहको निर्वाचन गर्न सकिने सुझाव दिनुका साथै स्थानिय तह निर्वाचन ऐनको संशोधन गर्न आवश्यक भएमा प्रक्रिया गर्न समेत सुझाव दिएको छ ।
सरकारले निर्वाचन आयोगसंग परामर्श गरेर निर्वाचनको मिति तोक्ने संचार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
मंसिर भन्दा पनि पछी निर्वाचन गर्न कसरत गरिरहेका गठवन्धन का दलहरूमा परिवर्तन देखिएको छ । शनिवार विहानको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले वैसाख जेठ भन्दा पर स्थानिय तहको निर्वाचन लान नहुने विचार राखेका थिए ।
सुझाव
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
