Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्यानद्धारा ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही फिर्ता


  • शुक्रबार, माघ १४ २०७८

  • क्यानद्धारा ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही फिर्ता

    काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई गरेको कारबाही ‍फिर्ता लिएको छ।

    क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै नियमित कप्तान मल्ल र उपकप्तान ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो। साथै मल्लसहित चार खेलाडीलाई यसअघि ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो।

    संघको अघिल्लो बैठकको निर्णय बिहिबार बसेको बैठकले फिर्ता लिने निर्णय गरेको हो। अनुशासन उल्लङ्घन सम्बन्धि संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको गरेको थियो ।

    यस्तै क्यानले ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका गुल्शन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख र महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको छ। राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचाँस हजार सहयोग गर्ने निर्णय गरिएको छ।

    यस्तै पुरूष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको छ। बैठकले नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा आगामी २०७८, फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ ।

    साथै क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

    यसैगरी संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश बिस्ट लाई मनोनयन गर्ने निर्णय गरेको छ ।

    यस्तै पोखरा, भैरहवा र धनगढी स्थित क्रिकेट मैदानमा २/२ जना, त्यसै गरी, जनकपुर र सप्तरी स्थित क्रिकेट मैदानमा १/१ जना मैदान कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

     

    पुरूष खेलाडी

    • ग्रेड ए – सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरि, सोमपाल कामी र करण केसी
    • ग्रेड बि – कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी
    • ग्रेड सी – कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऎरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ

    महिला खेलाडी

    • ग्रेड ए – रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी
    • ग्रेड बि – सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे
    • ग्रेड सी – डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij