काठमाडौं– नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । जिल्ला अधिवेशनमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा नेतृत्व चयन र समापन बाँकी रहेको छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिड–१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने भएको छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
