Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय


  • बुधबार, पुष १४ २०७८

  • एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने  सरकारको निर्णय

    काठमाडौं – सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा विजेता भएका भलिबल खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने भएको छ।

    बुधबार बसेको मन्त्रिपरिदको बैठकले च्याम्पियन बनेका बिजेता, खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्रसहित नगद पुरस्कार दिने निर्णय गरेको खेलकुद मन्त्रालयका प्रेस संयोजक संगीन शर्माले बताए।

    १२ जना खेलाडीहरूलाई जनही ५-५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको हो।
    बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको थियो। पाली महिला भलिबल टोलीले सन् २०१९ मा बंगलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो।

    उपाधि विजेता नेपाली टिम बिहीबार स्वदेश फर्किंदैछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij