Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुँदै


  • सोमबार, पुष १२ २०७८

  • माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुँदै

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने तय छ ।

    बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि गहन छलफल हुनेछ ।
    बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ ।
    काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो महाधिवेशनको उद्घाटन गरिएको थियो । सोही स्थानमा बन्दसत्र र नेतृत्व चयन प्रक्रिया हुने पार्टीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij