Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा ९ जना विजयी


  • सोमबार, पुष ५ २०७८

  • काँग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा ९ जना विजयी

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सोमबार सार्वजनिक मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी छन् । उनले २८८५ मत पाइन् । त्यसपछि पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् ।

    त्यस्तै सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij