Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु


  • शनिबार, मंसिर २५ २०७८

  • माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु

    काठमाडौ – नेकपा (माओवादी केन्द्र) को प्रदेश अधिवेशन सुरु भएको छ । सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गरेका छन ।

    प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन सुरु भएको हो । अधिवेशनले सवै प्रदेशमा नौ पदाधिकारीसहितको नयाँ प्रदेश कमिटी गठन गर्नेछ ।

    प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय चयन हुनेछन् । प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति बन्नेछन् ।

    विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij