काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिका अनुसार कांग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् । केन्द्रीय सदस्य एवं देशभरबाट ४ हजार ४२२ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट १२५ महाधिवेशन प्रतिनिधि सिफारिस भएका छन् भने जनसम्पर्क समितिबाट १८४ जना महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ । हेर्नुस सुचि
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
