Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पारिवारिक विरासतको पेलाईबाट विरक्तिएका पौडेल


  • बिहिबार, मंसिर २३ २०७८

  • पारिवारिक विरासतको पेलाईबाट विरक्तिएका पौडेल

    काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन संघारमा आइपुग्दा पार्टीका वरिष्ठ नेता नराम्रो संग विरक्तिएका छन् । आफ्नो समुहमा एकछत्र नेता बन्न नसकेर पौडेल समुहबाट संस्थापन इतर बन्न पुगेका पौडेलले राजनीतिक सन्यासको मात्र कुरा गरेनन्, अन्तीम केन्द्रीय समितिको बैठकमा समेत नजाने निर्णय गरे ।
    प्रजातान्त्रीक आन्दोलनमा सिंगै जीवन सर्मपण गरेका पौडेलसंग पारिवारिक राजनीतिक विरासत थिएन र छैन् । उनले राजनीति गर्दा राजनीतिको कखरा नबुझेका प्रकाशमान सिंह र डा.शेखर कोइरालाले सभापतिमा दावी नछोडेपछि पौडेल पछि हट्न बाध्य भए ।
    सिंहसंग कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको विरासत छ भने लोना कोइराला पुत्र डा. शेखरसंग कोइराला परिवारको विरासत जोडिएको छ । तनहुँको सामान्य परिवारबाट आफुलाई विकास गर्दै अहिलेको स्थानसम्म आइपुगेका पौडेललाई राजनीतिक विरासतको जगमा राजनीति अगाडी बढाएका सिंह र कोइरालाले सम्मान गर्न सकेनन् ।
    त्यहि कारणले हुनुपर्छ पौडेलको पछिल्ला गतिविधि हेर्दा उनी राजनीतिक विश्राम चाहान्छन् । आफ्नै समुह मिनाउन नसक्नुमा उनका केहि कमजोरी होलान् । तर पिता पुर्खाको विरासतमा टेकेर एकै पटक नेता हुने राजनीति महत्वकांक्षाको सिकार पौडेललाई बनाइएको छ । पौडेलको यो दिक्दारी कांग्रेसको १४ औं महाधिवेशनको लागि सुखद भने पक्कै होइन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij