काठमाडौं– काठमाडौंमा शुक्रबारबाट सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ।
बुधबार निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकले आचारसंहिता पालना गर्नुपर्ने जनाइएको हो।
निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सवै महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्दै मतदानस्थलभित्र (भृकुटी मण्डप – राष्ट्रिय सभा गृह) प्रवेश गर्दा मोवाईल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचार संहितामा उल्लेख गरिएको छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
