काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललेले सभापतिवाट ससर्त पछि हट्ने बताएका छन । संस्थापन पक्षका शेरबहादुर देउवा विरुद्ध साझा उम्मेदवार बनाउन निरन्तर छलफल भए पनि अन्तिम निर्णय हुन सकेको छैन ।
वतिसपुतलीमा भएको पौडेल पक्षको केन्द्रीय सदस्य हरुको बैठकले कोइराला र शिंह विच सहमति नभए पौडेललाई नै सभापति को उम्मेदवार बनाउने निणय भएको नेताहरुले बताएका छन ।
शिंह र कोइराला विच सहजै सहमति हुन नसक्ने भएकाले पौडेल साझा उम्मेदवार बन्ने सम्भावना समाप्त भइसकेको छैन । पौडेलले पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलासंग समेत सहयोग मागेका छन । आज शिंह निवासमा पौडेल शिंह र कोइराला विच छलफल हुने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
