काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागी संस्थापन पक्ष र संस्थापन इतर पक्षले सभापति सहित पदाधिकारी चयन गर्ने कसरत अन्तिम चरणमा पुर्याएका छन । सभापति शेरबहादुर देउवा पक्षले पदाधिकारी टुङ्गो लगाउँदै छ भने संस्थापन इतर रामचन्द्र पौडेल समूहले सभापति सहितका पदाधिकारी टुङ्गो लगाउँदै छ ।
संस्थापन पक्षमा देउवालाई सभापतिमा दोहोर्याउन विवाद छैन । उपसभापति ,महामन्त्री ,सहमहामन्त्री सहित केन्द्रीय सदस्य टुङ्गो लगाउने चुनौति भने देउवा पक्षमा पनि छ । उपसभापतिमा पूर्ण बहादुर खड्का र विजयकुमार गच्छदारको दावी छ भने महामन्त्रीका आकांशीको संख्या धेरै छ । डा . प्रकाशशरण महत ,बालकृष्ण खाँण ,रमेश लेखक, एनपी साउद ,विश्वप्रकाश शर्मा , ज्ञानेन्द्र बहादुर कार्की लगाएतका नेताले दावी गरेका छन । देउवालाई महामन्त्री टुङ्गो लगाउन कठिन परिरहेको छ ।
संस्थापन इतरमा त सभापतिको उम्मेदवार टुङ्गो लगाउँन नै कठिन देखिएको छ । डा शसाङ्क कोइरालाले दावी छाडेपनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शेखर कोइरालाले दावी छाडेका छैनन । आज दिनभरीमा टुङ्गो लगाउन पौडेल समूहको तयारी छ । सभापति छाइनलाई व्यवस्थापन गर्ने चुनौति पनि पौडेल समूहमा देखिन्छ ।
उक्त समूहबाट महेश आचार्यले उपसभापति दावी गरेका छन । महामन्त्रीमा डा. मिनेन्द्र रिजाल गगन थापा लगाएतको दावी छ । अघिल्लो महाधिवेशनमा देउवा पक्षवाट महामन्त्री लडेका अर्जुन नरसिंह केसी पाए उपसभापति लड्ने मनस्थितिमा भए पनि मुख खोल्न नसकेको बताइन्छ ।
देउवा पक्षवाट अलग भएर सभापति लडने घोषणा गरेका विमलेन्द्र निधि अलमलमा देखिन्छ । महाधिवेशन नजिकिदै जाँदा आफ्नो पक्षमा माहोल नदेखे पछि उनी हच्किएका छन ।
दुई नम्बर प्रदेशमा वडा देखि प्रदेश सम्मैको अधिवेश सुचारी ढंगवाट हुन नसके पछि निधिको माहोल विग्रिएको हो । आफ्नै प्रदेशमा उनी निक्कै कमजोर देखिए ।
सिटौला पनि आफ्नै समूह बनाएर लड्ने कि अर्को कुनै समूहसंग मिल्ने भन्ने दोधारमा देखिन्छन । गगन थापाले छाडेपछि केहि कमजोर देखिएको यो समूहले प्रदिप पौडेललाई महामन्रीमा अघि सारेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
