काठमाडौं– नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी भएका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन । सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्।
प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
