धनगढी – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
बलायरले ६ सय ८८ मत ल्याउँदा नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका छन् । बलायर संस्थापन समूहका उम्मेदवार हुन् । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए ।
पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतका साथ विजयी भएका छन् । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत पाएर निर्वाचित भए ।
यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
