Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन र कमल थापाको उम्मेदवारी दर्ता


  • शुक्रबार, मंसिर १७ २०७८

  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन र कमल थापाको उम्मेदवारी दर्ता

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन र कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

    राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । लिङ्देनको पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।
    १९९ सदस्यीय केन्द्रीय समितिका १४९ जना राप्रपाले निर्वाचनबाट चयन गर्नेछ । जसमा अध्यक्षसहित ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मंसिर १५ गते सुरु भएको अधिवेशनमा शनिबार मतदान हुने कार्यक्रम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij