काठमाडौं– नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मत पाए भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाए ।
जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
