Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको निर्वाचन समिति संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त


  • आइतबार, मंसिर १२ २०७८

  • कांग्रेसको निर्वाचन समिति संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई नियुक्त गरिएको छ । संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले स्वास्थ्यको कारण देखाउँदै दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको छ ।
    देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन् । घिमिरे समिति सदस्य थिए ।
    कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म हुँदैछ । यतिबेला विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij