Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज काँग्रेसले १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन गर्दै


  • सोमबार, मंसिर ६ २०७८

  • आज काँग्रेसले १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन गर्दै

    काठमाडौं – आज नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने भएको छ। वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन्।

    यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन्।
    कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन्। तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन्। बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नुपर्दैन स्वत: महाधिवेशन प्रतिनिधि हुन्छन् भने वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएरै आउनुपर्ने हुन्छ।

    कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्दै मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij