Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्षेत्रमा कांग्रेसको उपस्थीति बलियो र परिणाममुखी बनाउँछु – श्याम खड्का


  • बिहिबार, मंसिर २ २०७८

  • क्षेत्रमा कांग्रेसको उपस्थीति बलियो र परिणाममुखी बनाउँछु – श्याम खड्का

     

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै छ । वडादेखी केन्द्रसम्मकै कांग्रेस राजनीति उत्कर्षमा पुगेको छ । अझ काठमाडौं कांग्रेसको राजनीति त रोचक नै बनेको छ । काठमाडौं क्षेत्र नं. ५ मा पनि राजनीतिक सरगर्मी तातेको छ । क्षेत्रीय समितिको नेतृत्व लिन प्रतिस्पर्धा गरिरहेका मध्य महासमिति सदस्य श्याम खड्कालाई केहि प्रश्न गरेका छौं ।

    तपाईले काठमाडौं क्षेत्र नं. ५ को सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । तपाईको एजेण्डा के छन् ?
    काठमाडौं देशको संघिय राजधानी हो । यहाँको राजनीतिक गतिविधिले सिंगो देशलाई प्रभावित पार्छ । त्यसैले क्षेत्र नं. ५ मा कांग्रेसको उपस्थीतिलाई बलियो र परिणाममुखी बनाउन जरुरी छ । तीनै तहको निर्वाचनमा कांग्रेसको जित हुने गरी संगठन निर्माण गर्नु नै अहिलेको चुनौति हो । मेरो पहिलो एजेण्डा बलियो संगठन निर्माण नै हुनेछ ।

    त्यसका लागि सबैको भावना समेट्न सक्ने जुझारु नेतृत्वको आवश्यकता छ । क्षेत्रमा नयाँ सोच र उर्जा भएको नेतृत्व विकास गर्नुपर्छ । सिंगो मुलुक हाक्न सक्ने नेतृत्व, पेशाकर्मी र बुद्धिजीविको बाहुल्य रहेको यस क्षेत्रमा कांग्रेसको सानदार पुनरागमन हुने गरी काम गर्ने योजना म संग छ ।

    संघिय संसद, प्रदेश संसद र धेरै जसो स्थानिय तहमा कांग्रेस पराजित भएको क्षेत्र नं. ५ मा कांग्रेसलाई कसरी बलियो बनाउनु हुन्छ ?
    पक्कै पनि निर्वाचनमा कांग्रेसले पराजय भोगेको छ । तर यो क्षेत्रमा कांग्रेसलाई माया गर्ने जनसमुदायको कमि छैन् । पार्टीलाई चलायमान बनाएर सहि ढंगले नेतृत्व गर्न सके कांग्रेस फेरी पहिलो र बलियो शक्तिको रुपमा उदाउने छ । अग्रजको सम्मान र अनुजको प्रोत्साहन जरुरी छ । कांग्रेसका साथीहरुको मनोबल उठाउन जरुरी छ ।

    पार्टी गतिविधिमा प्रोत्साहन गर्ने, मुल्यांकनको पद्धति बसाल्ने, योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिने र जनताको सबै खालको सरोकारलाई पार्टीसंग जोड्दै अघि बढेमा कांग्रेसको शक्ति निर्माण हुन्छ । सामुहिकताको विकास गरेर अघि बढेमा आगामी निर्वाचनहरुमा कांग्रेसको पक्षमा परिणाम निकाल्न सकिन्छ ।

    पार्टीको क्षेत्रिय अधिवेशनमा आफ्नो प्रतिस्पर्धाको संग हुने देख्नु हुन्छ ?
    मेरो कुनै प्रतिस्पर्धा छैन् । सबै पार्टीका सहकर्मी साथीहरु नै हुन । तर क्षेत्र नं. ५ को नेतृत्वमा परिवर्तन र नयाँ पनको आवश्यकता पार्टीका साथीहरुले महशुस गरेका छन् । अब परम्परागत र एकल सोचले पार्टीको हित गर्दैन । पार्टीलाई कसैले पनि आफ्नो निजी सम्पति सम्झिनु हुँदैन । पार्टी सबैको साझा हुनु पर्दछ । सबैले अपनत्व महशुस हुनेगरी काम गर्ने सोचमा छु । मेरो नीति, कार्यक्रम र योजना कार्यान्वयन गर्ने कुरामा इमान्दार हुनेछु । त्यस अर्थमा मेरो प्रतिस्पर्धा म आफैसंग छ ।

    पार्टीमा अनेक गुट र समुह छ । त्यसको प्रभाव क्षेत्रसम्म होला । त्यसलाई कसरी लिनु भएको छ ?
    पार्टी भित्र भएको समुहहरु यर्थात हो । त्यसले पार्टीलाई अहित गरेको छ भनेर भन्न पनि सकिदैन । तर समुह र प्रतिस्पर्धा स्वस्थ्य र मर्यादित भने हुनु पर्दछ । सबै नेताहरु प्रति मेरो श्रद्धा र सम्मान छ । पार्टीको हित मेरो लागि सर्वोपरी छ । मेरो ध्यान पार्टीको हित र संगठन निर्माणमा नै हुन्छ ।

    क्षेत्रीय प्रतिनिधिहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

    अत्यन्त राम्रो प्रतिक्रिया छ । पार्टीमा नयाँ नेतृत्वको आवश्यकता औल्याउनु भएको छ । संगठनलाई क्रियाशिल र प्रभावकारी बनाउन सुझावहरु पनि आइरहेका छन् । प्रतिनिधिहरुको उत्साह र सुझावले मलाई पनि थप हौसला मिलेको छ । मैले पनि सबैलाई समेटेर सामुहिक रुपमै अघि बढ्ने प्रतिबद्धता गरेको छु ।

    अन्त्यमा केहि भन्नु छ ?
    म पार्टीको इमान्दार सिपाही हुँ । पार्टीको हित र साथीहरुको भावना भन्दा कहिले पनि बाहिर हुन्न ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij