काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखी २६ सम्म हुने भएको छ । निर्वाचन समितिको निर्णय अनुसार १२ वटा जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने ३० गते पालिकास्तरीय अधिवेशन हुनेछ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गतेका लागि मिति तय गरिएको छ ।
त्यसैगरी जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तय गरिएको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि तय गरिएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
