काठमाडौं – बरिष्ठ अधिवक्ता एव संविधान विद डा . भिमार्जुन आचायले सर्वोच्च अदालतलाई थप क्षती हुनबाट जोगाउन प्रधानन्यायाधिरा चोलेनदशमसेर जवराले राजिनामा दिनु पर्ने बताएका छन ।
मंगलवार आयोजित एक कार्यक्रममा आचार्यले दजनौं खराव काम गरेकाले उनलाई हटाउनु पर्ने आवश्यक भएको बताए । जवराले कार्यपालिकामा हिस्सा खोजेर गलत काम गरेको उनको भनाइ छ । अदालतमा गुटवन्दी गरेर प्रधानन्यायाधिशले स्वार्थ पूर्ति गर्ने गरेको आचार्यले बताए । उनको पालामा अदालतमा भ्रष्टाचार संस्थागत भएको आरोप आचार्यको छ ।
नेपालको प्रणाली इतिहासकै खराव मोडमा पुगेको भन्दै आचार्यले खिलराज रेग्मी न्यायपालिका र कार्यपालिकाको प्रमुख भएको घटना बाट न्यायालयको स्वतन्त्रता ध्वस्त भएको बताए । त्यसको जिम्वेवारी राजनितिक दलहरुले लिनु पर्ने जिकिर आचार्यको छ ।
पूर्वन्यायाधिशहरुले अदालतमा गुटबन्दी गरेर सिन्डिकेट चलाएको आरोप आचार्यले लगाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
