Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली फुटवल टिम-यू २३ ले आज इण्डोनेसिया-यू २३संग मैत्रीपूर्ण खेल खेल्दै


  • शुक्रबार, कार्तिक ५ २०७८

  • नेपाली फुटवल टिम-यू २३ ले आज इण्डोनेसिया-यू २३संग मैत्रीपूर्ण खेल खेल्दै

    काठमाडौँ – नेपाली फुटवल टोली यु – २३ ले आज इण्डोनेसियाको यु-२३ टिमसंग मैत्रीपूर्ण खेल खेल्दै छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। एएफसी यू–२३ एसियन कप छनोटको तयारीस्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
    छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय टोलीका ६ खेलाडी सामेल छन । एसिया कप छनोट खेल्न ताजिकिस्तान पुगेको नेपाली टोली समूह बी को कठिन समूहमा छ ।
    समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ। यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूहको अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij