काठमाडौँ – नेपाल दक्षिण एसियाली फुटवल साफको फाइनलमा पुगेको नेपाल ले आज भारत संग उपाधिको लागी खेल्दै छ । । वंगलादेशसंगको खेलमा वरावरी भए पछि इतिहास रच्दै नेपाल पहिलो पटक साक गेमको फाइनलमा प्रवेश गरेको हो ।
भारतले आयोजक माल्दिप्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
जारी खेलमा पनि नेपाल र भारतको भेट भइसकेको छ । पुरै रक्षात्मक खेलेको नेपाललाई भारतले १ – ० ले पराजित गरेको थियो । नेपालले भारतसंगको खेलमा लिएका रक्षात्मक रणनीतिको आलोचना भएको थियो ।
प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले अघिल्लो गल्ती नदोहर्याउने बताई सकेका छ । त्यस कारण नेपालको रणनिति पूर्ण रुपमा रक्षात्मक नहुने पक्का छ । झण्डै तीन दशकको साफ च्याम्पिएनसिपको इतिहासमा नेपाल पहिलो पल्ट फाइनलमा पुगेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
