काठमाडौँ – नेपाल दक्षिण एसियाली फुटवल साफको फाइनलमा पुगेको छ । आज वंगलादेश संगको खेलमा वरावरी भए पछि इतिहास रच्दै नेपाल पहिलो पटक साक गेमको फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १ – ० ले पछि परेको नेपालले दोस्रो हाफको अन्त्यतिर पेनाल्टी पायो ।


वंगालादेशी खेलाडीले नेपालका अन्जन विष्टलाई डिबक्स भित्र लडाए पछि नेपालले पाएको पानाल्टीमा अन्जनले नै गोल गरेका थिए । वंगालदेश का नियमित गोलकिपर रातो कार्ड खाएर वहिरिए पछि वंगलादेश १० खेलाडीमा सिमित भएको थियो ।


वंगालदेशी गोलकिपरले डिबक्स वाहिर आएर अन्जन बिष्टले हानेको वल रोकेका थिए । अव फाइनलमा भारत र माल्दिप्स विचको खेलको विजेतासंग नेपालको भेट हुने छ ।
तस्बीर स्रोत : एन्फा
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
