काठमाडौँ – उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजिनामा गर्ने मनस्थिति बनाएका छन । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर राणाको सिफारिसमा उनलाई मन्त्री बनाइएको भन्दै चर्को आलोचना भएपछि उनले राजिनामाको मनस्थिति बनाएको बताइएको छ ।
उनलाई मन्त्री बनाए पछि प्रधान न्यायाधिश राणा र प्रधानमन्त्री देउवाको चर्को आलोचना भइरहेको छ । कानुनविदहरुले राणाको राजिनामा नै मागेका छन । उनलाई महाअभियोग लगाउनु पर्ने आवाज समेत उठन थालेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
