काठमाडौं – दक्षिण एसियाली फुटवल प्रतियोगिता साफ भोलीबाट माल्दिप्समा आयोजना हुँदैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाल मैदानमा उत्रिदैछ । उनको मुख्य लक्ष्य साफ जित्नु हो । माल्दिप्स जानु अघि नेपालले भारतसंग मैत्रिपूर्ण दुइ खेल खेलेको थियो ।
एक खेलमा हार व्यहोरेको नेपालले एक खेल बराबरी खेलेको थियो । कतारमा थप प्रशिक्षण गरेर नेपाल माल्दिप्स पुगेको हो । प्रतियोगितामा नेपाल सहित भारत, माल्दिप्स , श्रीलंका र वंगालादेश गरी पाँच देश सहभागी छन ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
