काठमाडौँ । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि सरकार विस्तार हुने भएको छ । करिव अढाइ महिना अघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकार विस्तार हुन सकेको छैन । सम्भवत आजै सरकार विस्तारको तयारी छ । कांग्रेसबाट पुष्पा भुसाल, डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बढु मन्त्री बन्ने लगभग निश्चित छ । भिमसेन दास प्रधान वा उमाकान्त चौधरी मध्य एक जना पनि कांग्रेसबाट मन्त्री बन्ने छन ।
एमालेबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाक्री, प्रेम आले र जीवनराम श्रेष्ठ मन्त्री बन्ने छन भने किसान श्रेष्ठको सम्भावना भए पनि निश्चित भने भइसकेको छैन ।
जनता समाजवादीवाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा इस्तियाक राइ सहित का मन्त्री बन्ने लगभग निश्चित छ । माओवादी केन्द्र वाट समेत केहि मन्त्री थपिने भए पनि अन्तिम टुङ्गो लागिसकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
