Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा


  • आइतबार, असोज १० २०७८

  • साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

    काठमाडौं – माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

    आगामी आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म हुने साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।
    हाल नेपाली राष्ट्रिय फुटबल टिम बन्द प्रशिक्षणका लागि कतारमा छ । टोली उतैबाट माल्दिभ्स जानेछ ।

    २३ सदस्यीय नेपाली टिममा किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij