Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य


  • बुधबार, भाद्र ३० २०७८

  • एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य

    काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी (काठमाडौं खेल मण्डल) र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो ।

    एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा चारवर्षसम्म केल्मी ब्राण्डको ट्र्याक सुट, होम एन्ड अवे जर्सी, बिब्स र बल प्रयोग गर्नेछ ।

    सम्झौतापत्रमा एनआरटीबाट अध्यक्ष सुन्दर जोशी तथा महासचिव नरेन्द्र श्रेष्ठ र केल्मीकातर्फबाट निर्देशक प्रदिप न्यौपाने र उत्तम न्यौपानेले हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरे ।

    ू‘सम्झौता चार वर्ष मात्र होइन ४० वर्षसम्म पु¥याउँछौँ । क्लबसँग आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नेछौँ’, केल्मीका निर्देशक प्रदिप न्यौपानेले बताए ।

    एनआएटीका महासचिव श्रेष्ठले केल्मीसँगको सहकार्यले क्लबलाई लिग खेल्न सहज हुने र यसलाई आगामी यात्राको लागि एउटा खुट्किलो भएको बताए ।

    क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधिी पाँचपटक जितिसकेको छ । क्लबले यसपटकसमेत उपाधिी जित्ने योजना रहेको बताएको छ ।

    यस सिजन क्लबमा राष्ट्रिय खेलाडी एरिक बिस्ट, दर्शन गुरुङ, बिक्रम धिमाल, राजेश परियार, विदेशी खेलाडी मेसुके र स्टेफन छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij