Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक


  • बुधबार, भाद्र ३० २०७८

  • एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमालेको आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।

    एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

    विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, २. अनुशासन आयोगका पदाधिकारी र सदस्य, ३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य, ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, ९. विशेष कमिटीका पदाधिकारी र सदस्य, १०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य, ११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, १२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, १३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, १४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, १५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, १६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij