काठमाडौं – नेपाली कांग्रेको १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा मुलुकको संघिय राजधानी काठमाडौंका कांग्रेस नेताहरुलाई चुनावी चटारोले छोएको छ । पार्टीको केन्द्रमा जस्तै यहाँ पनि जिल्ला नेताहरू तीन गुटमा विभाजित छन । जिल्ला नेतृत्वको लागि तीनै गुटग नेताहरू प्रतिस्पर्धामा देखिएका छन् । अहिले सम्म आधा दर्जन नेताहरू चुनवी दौडमा देखिएका छन् ।
अहिलेका सभापति सबुज कृष्ण बानियाँ दोहोर्याएर सभापति हुने दौडमा छन भने हरिहर अधिकारी, दामोदर खड्का, राजु श्रेष्ठ, नरोत्तम वैद्य ,उपेन्द्र केसी र गौरी प्रसाद दवाडी जिल्लाको नेतृत्व लिने प्रतिस्पर्धामा उत्रिएका छन ।
बानियाँ कांग्रेश पूर्वमहामन्त्री प्रकाशमान शिह निकट हुन् ।
अधिकारी पूर्व क्षेत्रिय सभापति, महासमिति सदस्य र टोखा नगरपालिकाका मेयरका पराजित उम्मेदवार हुन । उनी कांग्रेस भित्र पूर्वमहामन्त्री कृष्ण सिटौला निकट मानिन्छन् ।
सभापतिका अर्का दावेदार दामोदर खड्का महासमिति सदस्य हुनुका साथै वरिष्ठ अधिवक्ता हुन । कांग्रेश प्रजातान्त्रीक रहदाँ जिल्ला सचिव रहेका खड्का सभापति शेरबहादुर देउवा निकट हुन ।
नरोत्तम वैद्य पनि काठमाडौंको सभापति हुने दौडमा छन । लामो समय स्थानिय निकायको जनप्रतिनिधि रहेका वैद्य अहिले वाग्मती प्रदेश सभाका सांसद हुन । उनी पनि सभापति देउवा निकट मानिन्छन् ।
क्षेत्र नं.४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ र क्षेत्र नं. २ का सभापति उपेन्द्र केसी पनि देउवा निकटका हुन ।
भीमसेनदास प्रधान काठमाडौँको सभापति हुँदा उपसभापति रहेका गौरी दवाडी सिटौला निकट नेता हुन ।
काठमाडौंको समिकरण हेर्दा तीन समूह मध्य दुई समूह जता मिल्यो त्यहि समूह बलियो हुने अवस्था रहेको बताइन्छ । पूर्वमहामन्त्री शिंहको समूहबाट बानियाँ एक्लै दावेदार छन । देउवा पक्षबाट खडका , केसी, श्रेष्ठ र बैद्य गरी चार जना मैदानमा देखिएका छन् । सिटौला पक्षबाट अधिकारी र दवाडी चुनावी मैदानमा छन । देउवा र शिंहको पक्ष सिटौला पक्षलाई आफुसंग मिलाउने प्रयासमा देखिन्छन् ।
सिटौला निकट प्रधान पक्षले देउवा पक्षले सिनियर उम्मेदवार उठाएमा मिलेर जान सकिने संकेत दिएको छ । त्यसो भएमा हरिहर अधिकारी वा गौरी दवाडी मध्य एक उपसभापतिमा लड्ने छन । दवाडी पहिला पनि उपसभापति भइसकेकाले अधिकारीलाई अघि सार्ने सम्भावना बलियो छ ।
यो प्रस्ताव सभापति शेरबहादुर देउवा समक्ष समेत पुगिसकेको छ । काठमाडौँ सभापतिमा आफ्नो पक्षलाई जिताउन सके देश भर राम्रो सन्देश जाने भएकाले देउवा काठमाडौंका विषयमा गम्भिर रहेको बताइन्छ । सिटौला समूहले देउवा पक्षबाट सिनियर उम्मेदवार खोजेकाले दामोदर खड्का र नरोत्तम वैद्यको सम्भावना बढी रहेको स्रोतको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
