काठमाडौं– नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । मंगलबार बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकबाट देवकोटा संयोजक चयन भएका हुन् ।
यसअघि वाईसीएलको केही दिनअघि सम्पन्न भेलाले नेतृत्व चयन गर्न नसकेपछि केन्द्रीय कमिटी मात्र घोषणा भएको थियो । आज पार्टी अध्यक्ष प्रचण्ड सहभागी भएको बैठकबाट देवकोटा संयोजक र सुबोधराज शेर्पाली सहसंयोजक चयन भएका हुन् ।
बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको वाईसीएलले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
