काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको हो ।
त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको छ ।
नययमपलष्नजतकबलष्mब दयह बम द्द
बैठकले पार्टीको तर्फबाट मन्त्रि छान्ने जिम्मा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको छ ।
नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
