काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका हुन । सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।
सोही क्रममा नेकपा एसका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
