काठमाडौं– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् ।
सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै ठाकुर नेतृत्वको पाटीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ सांसद थिए । जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेपछि उनको पार्टीले वैधानिकता पाउने निश्चित भएको हो ।
जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
