Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले भित्रका ‘तथस्टवादी’लाई युवराज संग्रौलाको कटाक्ष


  • आइतबार, भाद्र ६ २०७८

  • एमाले भित्रका ‘तथस्टवादी’लाई युवराज संग्रौलाको कटाक्ष

    एकताबादी तटस्तबादी!
    उहाँहरुले नाटक बन्द गरे हुने।
    जता मन लाग्छ तेता जानुहोस, नाटक बन्द गर्नुहोस। युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा बिकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चहेका हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचांहादै पनि। यो फुट्नुमा अहिले तटस्थबादीहुनेको भुमिका सानो छैन। स्वयम तपाइँहरुलाई थाह छ। तर तपाईको सिद्धान्त के हो देखिएन। पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ! थोरै, यो जनता र देशका लागि हो!
    १. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाइ हौस्याउने तपाईंहरु होइन? नेपाल-खानालले ठिक गरे गरेनन इतिहासले मुल्यांकन गर्छ। उनीहरुले गलत गरेको लाग्छ भने तपाईहरु चुपचाप एमालेमा बस्नुहोस न। के तपाईंहरुलाइ नेपाल खनालले धम्क्याए? तेसो हो भने पुलिसमा जाहेरी दिनुहोस।
    २.थाह छ तंपाइहरुले आफ्नो हैसियत के बनाउनु भयो? अब एमालेमा जांदापनी गुट यथाबत रहन्छ तपाईंका कारणले। तपाइँहरु अर्काेतिर जानुभयो भने पनि गुट बन्छ। तपाईंहरुको हैसियत त बच्चा जन्मिदा संगै निस्कने सालको जस्तो भयो। कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ। तर निक्लिए पनि यो फ्यांकिन्छ। तपाईंहरु बच्चा होइन साल बन्नु भो।
    ३. नेपाल-खनालको मुल्यांकन इतिहासले गर्छ। ओलिको मुल्यांकन पनि इतिहासले गर्छ। इतिहास नियन्त्रणमा राख्ने ताकतवर ऐले सम्म देखिएको छैन संसारमा। कम्तीमा राम्रो नराम्रो जे भएपनी उनिहरुमा निर्णय गर्ने आंट त रहेछ। जे गरे गरे। तर बिचारका कुरा होइन रहेछ्नी तपाइँहरुको! एउटा उतर दिनुहोस एमाले ब्रान्ड हो वा बिचार? ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नु होस। तपाइँको बिचार मिल्दैन भने ओलि छोड्नुहोस। देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस। तर तेसो होइन तपाईंहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन झन गीजोल्दै हुनुहुन्छ। अब तपाईका हातमा केहि छैन।
    यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाइ तपाईंका वाइयात राजनितीको बारेमा पत्र पत्रीका सामाजिक संजाल र टिभी हेर्दा दिक्क लाग्यो।अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ।तपाईहरु ठिक अरु गलत छ्न भने बोल्सेभिक बनेर देखाउनु होस न। के प्रष्ट भएको छ भने तपाईंहरु बाहिर देखीएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन।तपाईंहरु बुढाहरुका कांध बसेर गोजीमा लुकेर मन्त्रीहुनेहरु हो। देशको राजनीति अझै नगीजोल्नु होस।
    (सामाजिक संजालमा व्यक्त विचार )

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij