काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
हिजोको बैठकमा विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले नै मुलुकलाई दुर्घटना तर्फ उन्मुख गराएको आरोप लगाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
