Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बार्सिलोनाको नयाँ कप्तान सर्जियो बुस्केट


  • मंगलबार, साउन २६ २०७८

  • बार्सिलोनाको नयाँ कप्तान सर्जियो बुस्केट

    काठमाडौं – बार्सिलोनाको नयाँ कप्तान सर्जियो बुस्केट बनेका छन् । लिओनल मेस्सी बाहिरिएपछि स्पानिस क्लब बार्सिलोनाले बुस्केटलाई नयाँ कप्तान नियुक्त गरेको हो । २०२१/२२ को सिजनका लागि अब बुस्केटले मेस्सीको स्थान लिनेछन् ।

    मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । आन्द्रे इनेस्टाले क्लब छाडेपछि मेस्सीले सन् २०१८/१९ को सिजन देखि बार्सिलोनाको कप्तानी सम्हालेका थिए । मेस्सीको कप्तानीमा बार्सिलोनाले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।

    ३३ वर्षीय बुस्केट पहिलो पटक बार्सिलोनाको कप्तान बनेका हुन् । मेस्सी कप्तान हुँदा उनी उपकप्तान थिए । मेस्सीभन्दा अघि कार्लोस पुयोल, जाभी, इनेस्टाले बार्सिलोनाको कप्तानी गरेका थिए ।

    बुस्केट सन् २००५ मा टिनएज खेलाडीको रुपमा बार्सिलोनामा आबद्ध भएका थिए । उनले २००८ देखि निरन्तर सिनियर टिमका लागि खेल्दै आएका छन् । यस्तै बुस्केटले स्पेनको राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेका छन् ।

    बार्सिलोनाले बुस्केटको नेतृत्वमा ‘क्याप्टेन्स ग्रुप’ नै बनाएको छ । जसमा जेरार्ड पिके, सर्जि रोवर्टो र जोर्दी अल्वा छन् ।

    यसअघि तेस्रो कप्तान रहेका पिके अब बार्सिलोनाको उपकप्तान बनेका छन् । यस्तै सर्जि रोवर्टो तेस्रो कप्तानको रुपमा छन् भने जोर्दी अल्वा पहिलो पटक क्याप्टेन्स ग्रुपमा समावेश भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij