Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अल्पसङ्ख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ – प्रधानमन्त्री


  • सोमबार, साउन २५ २०७८

  • अल्पसङ्ख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ – प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन्।
    ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्ने नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन्।

    ‘कसैलाई पछाडि नछाडौँ आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले अगस्ट ९ का दिन २७ औँ विश्व आदिवासी दिवस मनाइरहेका छन्।

    नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij