काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटबाट राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले संन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्।
क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उँचाइमा पुर्याउने विश्वास समेत व्यक्त गरेका छन् ।
सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका थिए । यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।
खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए । उनकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
