काठमाडौं –सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार दिउँसो ट्विटरमा लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’
महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन्
पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएपछि देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका हुन् । अब पार्टी कार्यालय सानेपा वा देउवाको निजि निवास बुढानीलकण्ठमा बस्ने जनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
