Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले कार्यदलको बैठक सुरु, सहमति प्रति नेपाल असन्तुष्ट


  • शनिबार, असार २६ २०७८

  • एमाले कार्यदलको बैठक सुरु, सहमति प्रति नेपाल असन्तुष्ट

    काठमाडौं – नेकपा एमाले भित्रको विवाद समाधान गर्न कार्यदलले गरेको सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएको संकेत नेताहरुले गरेका छन । नेता नेपाललाई भेट्न गएका कार्यदलका सदस्यहरुसंग उनले सहमति प्रति असहमति जनाएको स्रोतले बताएको छ ।
    अदालतबाट हस्ताक्षर फिर्ता लिने अडानमा रहेका नेता नेपालले शक्ति वाँटफाँडमा असहमति जनाएको बताइएको छ । कार्यदलमा हिजो सहमति जुटेको बताइएको थियो ।
    उनी पक्षका कार्यदल सदस्यहरु फर्के पछि अहिले शिहदरवारमा कार्यदलको बैठक सुरु भएको छ । आजै नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग छलफल गरेका छन ।
    नेपालसंग छलफल गरेपछि दादाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij